• २०८१ बैशाख ११ मंगलबार

समुहमा पहिलो हुदै जर्मनी युरोकपमा छनोट

kharibot

काठमाडौँ । युरोकप छनौट अन्तर्गत जर्मनीले उत्तरी आयरल्याण्डलाई ६-१ गोल अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा जर्मनीले फराकिलो अन्तरले जित हासिल गर्दै युरो कपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

जर्मनीको जितमा सेर्जी ग्नाब्रीले ह्याट्रिक गरेका थिए । त्यस्तै लिओन गोरेटज्काले दुई गोल गरेका थिए भने जुलियन ब्राड़ीटले एक गोल गरेका थिए । त्यस्तै उत्तरी आयरल्याण्डका लागि माइकल स्मिथले एक गोल गरेका थिए ।

युरो छनोटको जटिल समुह मानिएको समुह सी बाट जर्मनी शिर्ष स्थानमा रहदै युरोकपमा छनौट भएको छ । जर्मनीको ८ खेलमा २१ अंक रहेको छ । त्यस्तै नेदरल्याण्डस भने दोस्रो स्थानमा रहदै युरोकपमा छनौट भएको छ । नेदरल्याण्डसको ८ खेलमा २९ अंक रहेको छ ।

त्यस्तै उत्तरी आयरल्याण्ड भने तेस्रो स्थानमा रहेकाले अब प्लेअफको सेमिफाइनल खेल्ने भएको छ ।             

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै