• २०८१ बैशाख १३ बिहीबार

सचिवालयको निर्णय : ओली पाँच बर्ष प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष 

kharibot

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक सकिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले पार्टीको कार्यकारी अधिकार पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले प्रधानमन्त्री ओली पाँच बर्ष नै प्रधानमन्त्री हुने निर्णय गरेको छ ।

साथै बैठकले मन्त्री र सरकारबारे सम्पूर्ण निर्णय गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई दिने निर्णय गरेको छ । 

बैठकमा सचिवालय सदस्यहरु बरिष्ठ नेता झलनाथ खनाल र ईश्वर पोखरेलबाहेक सचिवालयका सबै नेताहरु सहभागी छन् । नेता खनाल र पोख्रेल विदेशमा भएकाले बैठकमा अनुपस्थित भएका हुन् ।

यसअघि आज बिहान प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको छ । छलफलपछि दुबै अध्यक्ष राष्ट्रपति विद्यादेबी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै