• २०८१ बैशाख ८ शनिबार

नेकपा सचिवालयको चारबुँदे निर्णय, के के छन् ?  

kharibot

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कार्यकारी अध्यक्षको रूपमा पार्टी सञ्चालन गर्ने जिम्मेवारी पाएका छन् ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख सत्तारुढ दल नेकपाको सचिवालय बैठकले पूरा कार्यकाल (५ वर्ष) सरकार सञ्चालनको जिम्मेवारी भने अर्का अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

'अध्यक्ष कमरेड केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने,' बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।
नेकपा सचिवालय बैठकले गरेको निर्णयको दोस्रो बुँदामा प्रचण्डलाई कार्यकारी अधिकार रहने उल्लेख गरिएको छ । 

'पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने,' नेकपा सचिवालयको ४ बुँदे निर्णयको चौथो बुँदामा भनिएको छ ।

नेकपा सचिवालय बैठकको ४ बुँदे निर्णय : 

१.    अध्यक्षद्वय कमरेड केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वरियताक्रम यथावत रहने ।
२.    अध्यक्ष कमरेड केपी शर्मा ओली प्रधानमन्त्रीक ओहैसियातले सरकारको काममा केन्द्रित हुने र अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकार सहित पार्टी काममा केन्द्रित हुने । बैठक संयुक्त अध्यक्षतामा संचालन गर्ने । आम रुपमा बैठकको अध्यक्षता र संचालन कमरेड पुष्पकमल दाहाल प्रचण्डले गर्ने ।
३.    प्रतिनिधि सभाको यस कार्यकालमा सरकारको नेतृत्व अध्यक्ष कमरेड केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने ।
४.    पार्टी र सरकार संचालन अधय्क्षद्वय बिचको आपसी सल्लाहमा अग्रने । पार्टी संचालन गर्दा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै