पाकिस्तान भारतलाई पराजित गर्दै इमर्जिङ कपको फाइनलमा

खरीबोट

काठमाडौँ । बंगलादेशमा जारी इमर्जिङ टिम्स एशिया कपमा पाकिस्तान फाइनलमा पुगेको छ ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा पाकिस्तानले भारतमाथि ३ रनको सनसनीपूर्ण जित निकाल्दै पाकिस्तान फाइनलमा पुगेको हो ।

पाकिस्तानले दिएको २६८ रनको लक्ष्य पछाएको भारत ५० ओभरमा ८ विकेट गुमाउदै २६४ रन मात्र बनाएको थियो ।

यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाउदै २६७ रन बनाएको थियो ।

अब पाकिस्तानले उपाधिका लागि अफगानिस्तान र बंगलादेशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ ।

यस प्रतियोगितामा खेलेको नेपाल समुह चरणमा समुह बि मा तेस्रो हुदै बाहिरिएको थियो । नेपालले हङकङविरुद्ध मात्र जित निकालेको थियो भने भारत र बंगलादेशसँग पराजित भएको थियो ।

अब दोस्रो सेमिफाइनल खेल अफगानिस्तान र बंगलादेशबीच विहिबार हुदै छ भने फाइनल खेल आगामी शनिबार हुदै छ ।       
 

सम्बन्धित समाचार

इमर्जिङ कपको उपाधि पाकिस्तानले जित्यो

काठमाडौँ । इमर्जिङ टिम्स एशिया कपको उपाधि पाकिस्तानले जितेको छ । शनिबार भएको फाइनल खेलमा पाकिस्तानले बंगलादेशलाई ७७ रनले पराजित गर्दै इमर्जिङ टिम्स एशिया कपको उपाधि जितेको हो । पाकिस्तानले दिएको ३०२

बंगलादेश इमर्जिङ कपको फाइनलमा

काठमाडौँ । आयोजक बंगलादेश इमर्जिङ टिम्स एशिया कपको फाइनलमा पुगेको छ । आज सम्पन्न दोस्रो सेमिफाइनलमा बंगलादेशले अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । अफगानिस्तानले दिएको २२९ रनको लक्ष्य

पाकिस्तान भारतलाई पराजित गर्दै इमर्जिङ कपको फाइनलमा

काठमाडौँ । बंगलादेशमा जारी इमर्जिङ टिम्स एशिया कपमा पाकिस्तान फाइनलमा पुगेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा पाकिस्तानले भारतमाथि ३ रनको सनसनीपूर्ण जित निकाल्दै पाकिस्तान फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको २६८

इमर्जिङ कपको चिरफार : पारस र सन्दीप बिना निराशाजनक प्रदर्शन

काठमाडौं । नेपाली टोली बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार आयोजक बंगलादेशसँग आठ विकेटले पराजित भएपछि नेपाली टोली


z