• २०८१ बैशाख ७ शुक्रबार

साल्ट ट्रेडिङका अञ्चल प्रमुखविरुद्ध मुद्धा दायर 

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदाममा रहेको रासायनिक मल हिनामिना गरेको आरोपमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय विराटनगरका प्रमुख नवीनचन्दू झासहित तीन जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले निज झासहित भण्डार प्रमुख दिलचन्द्र झा र जुनियर सहायक खगेन्द्र बस्नेतले कार्यालयको गोदाममा रहेको रु १९ लाख सात हजार ३५० बराबरको रासायनिक मल मिलेमतोमा अनियमित तरिकाले बिक्री वितरण गरेको अभियोग लगाएको छ ।

उनीहरुले पदीय दायित्व पूरा नगरी नेपाल सरकार वा सार्वजनिक संस्थालाई गैरकानूनी हानी पुर्याउने बदनियत राखेको ठहर गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाले जानकारी दिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै