अन्तर्राष्ट्रिय बजारमा मुल्य बढे पनि इन्धनको मूल्य यथावत

खरीबोट

काठमाडौँ । नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि सर्वसाधारणको हितलाई मध्यनजर राख्दै मूल्य यथावत राखिएको निगमले जनाएको छ । 

गत कात्तिक ३० गते इण्डियन आयल कर्पोरेशन (आइओसी)ले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ६५ पैसा वृद्धि भएर आएको छ भने डिजेलमा प्रतिलिटर ८० पैसा घटेर आएको छ । आइओसीले प्रत्येक १५÷१५ दिनमा इन्धनको नयाँ मूल्यसूची पठाउने गरेको छ । सोही मूल्यलाई आधार मानेर निगमले मूल्य समायोजन गर्दै आएको थियो । 

अहिले काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ र डिजेल-मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा, हवाई इन्धन (बाह्य) प्रतिलिटर १ अमेरिकी डलर तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ३५० रहेको छ ।         
 

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय बजारमा मुल्य बढे पनि इन्धनको मूल्य यथावत

काठमाडौँ । नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि सर्वसाधारणको हितलाई मध्यनजर राख्दै मूल्य यथावत राखिएको निगमले

अमेरिकी इन्धन आयात, निर्यातमा गत साता कमी आयो

ह्युस्टन । अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै गत साता घटेको अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) ले जनाएको छ । अमेरिकामा गत साता प्रति दिन कच्चा तेल औसतमा ६२ लाख

खाना पकाउने ग्यास र हवाई इन्धनको मुल्य घट्यो 

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फको मूल्य घटाएको छ । निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले घटाएको हो । निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यासको

पहिलोपटक पाइप लाइनबाट इन्धनः उपभोक्तालाई राहत हुने

काठमाडौँ । पाइपलाइनबाट इन्धन आउन शुरु भएसँगै ढुवानी खर्च कम भई नेपाली बजारमा उपभोक्ताले राहत पाउने भएका छन् ।  भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएसँगै नेपाल आयाल निगमले


z