• २०८१ बैशाख ८ शनिबार

बार्सिलोनासहित ठुला क्लबको पोचेट्टीनो भित्र्याउन हानथाप !

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब टोटनह्यामबाट बर्खास्तमा परेका प्रशिक्षक माउरिसियो पोचेट्टीनोलाई ठुला क्लबले भित्र्याउने प्रयास शुरु गरेका छन् ।

पोचेट्टीनोलाई भित्र्याउने दौडमा पछिल्लो क्लब बार्सिलोना अगाडी आएको छ । द सनको रिपोर्ट अनुसार बार्सिलोनाले अर्जेन्टिनी प्रशिक्षक पोचेट्टीनोलाई भित्र्याउने पहल शुरु गरेको छ ।

यस सिजनमा आशा गरेअनुसार प्रदर्शन गर्न नसकेपछि दबाबमा रहेका इर्नेष्टो भालभेर्ड़ोको ठाउमा बार्सिलोनाले पोचेट्टीनोलाई भित्र्याउने दौडमा सामेत भएको हो ।

पोचेट्टीनोलाई अहिले जर्मनी जाइन्ट बायर्न म्युनिख अगाडी रहेको छ । बायर्नले पनि आफ्ना प्रशिक्षक निको कोभिकलाई बर्खास्त गरेर अहिले अन्तरिम कोचले काम गरिरहेको अवस्था रहेको छ ।

पोचेट्टीनोले २०१७ मा बार्सिलोनाका अध्यक्ष जोसेप मारिया लामो समय देखिका साथि रहेपनि आफ्नो बार्सिलोनाको प्रशिक्षक बन्ने योजना नरहेको बताएका थिए ।

पोचेट्टीनोले टोटनह्यामलाई गत सिजनमा च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका थिए भने पछिल्ला ४ सिजनमा टोटनह्यामलाई प्रिमियर लिगको टप तीन क्लब बनाएका थिए ।

अहिले पोचेट्टीनोलाई भित्र्याउन म्यानचेस्टर युनाइटेड, बायर्न म्युनिख, रियल म्याड्रिड, पिएसजी, आर्सनल, एसी मिलान र बार्सिलोना जस्ता ठुलो क्लब अगाडी आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै