• २०८१ बैशाख १२ बुधबार

हिमालय एयरलाइन्सको चाङ्सा उडान : मध्य चीनमा सञ्जाल जोड्दै 

kharibot

काठमाडौँ । हिमालय एयरलाइन्स्, नेपाल–चीन संयुक्त अन्तर्राष्ट्रिय वायुसेवा उद्यम, काठमाडौंदेखि चाङ्सालाई जोड्ने थप अर्को सेवा उपलब्ध गराउने भएको छ । चाङ्सा मध्य चीनको हुनान प्रान्तको राजधानी हो ।

नेपाल भ्रमण बर्ष २०२० सुरु हुन अघि नयाँ बजार अन्वेषण गर्दै यस प्रान्तबाट नेपाल भित्रिने सम्भावित पर्यटकहरुको प्रवद्र्धन गर्ने र पहिचान बढाउने उद्देश्य राखेको छ । यो नयाँ सेवाका साथ नेपालीहरु सहज, किफायती र सिधा सम्पर्कबाट चीनको नयाँ गन्तव्यस्थल पुग्न सक्नेछन् । 

गुइयाङको ठीक पछि, हिमालयले काठमाडौं र चाङ्सा बीचको नयाँ उडान रुट प्रस्तुत गरेको छ । प्रत्येक बर्ष ठूलो संख्यामा पर्यटकलाई आकर्षित गर्ने चाङ्सा चीनकै प्रमुख पर्यटकीय शहर मध्येको एक हो । हिमालय एअरलाइन्स्को विमानले हरेक बुधबार काठमाडौंबाट चाङ्सका लागि उडान भर्नेछ र सोहि दिन फर्केने छ । हिमालय एअरलाइन्स् यी दुई शहरबीच सिधा उडान गर्ने एकमात्र एयरलाइन्स् हो । 

उद्घाटन उडान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्सिर ४ गते स्थानीय समय ११:०३ मा चाङ्साका लागि आफ्नो पहिलो उडान भरेको छ र चीनको चाङ्सा हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १७:१९ मा अवतरण गरेको छ । आवागमन उडान चाङ्साको हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १८:२८ मा फर्किएको छ र सोही दिन काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय २१:२३ मा अवतरण गरेको छ ।

एअरलाइन्स्का प्रशासन उपाध्यक्ष विजय श्रेष्ठ भन्छन्, “चीनबाट हुने यात्राबाट अधिकतम लाभ लिनका निम्ति बेइजिङ र गुइयाङबाहेक पनि चीनका अन्य शहरहरुमा काठमाडौंले अझ बढी सञ्जाल विस्तार गर्न आवश्यक रहेको हामीले विश्वास गरेका छौं । नेपाल–चीनको सञ्जाललाई अझ सुदृढ बनाउन चीनमा अझ अर्काे नयाँ रुट थप गर्न पाएकोमा हामी एकदमै खुसी छौं । यसरी नयाँ रुटहरु थप गरेर हाम्रो ट्रान्स-बोर्डर सञ्जाललाई गहन बनाउँदै नेपाल र चीन दुवै देशका व्यावसायिक तथा भ्रमणमा आउने यात्रुहरुका लागि महत्वपूर्ण विकल्पहरु उपलब्ध गराइएको छ ।”

चीनले नेपाललाई नयाँ फुर्सदको समय बिताउने गन्तव्यको रुपमा स्थानमा गरेको छ जुन विगतका केही बर्षहरुमा नेपालमा चिनियाँ पर्यटकहरु वृद्धि हुनुको प्रमुख कारण हो । विगत केही बर्षदेखि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या निरन्तर बढ्दै गएको छ ।

सन् २०१९ को अक्टोबरको तथ्यांक अनुसार कुल १३,४८९ चिनियाँ पर्यटक नेपाल भित्रिए सँगै चीन नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्यामा पहिलो स्थानमा छ । यो नेपाल भित्रिने पर्यटक संख्याको कुल १०.४५५ हो । सन् २०१९ (जनवरी देखि अक्टुबरसम्म) को बार्षिक तुलना गर्ने हो भने कुल १३४,२८१ चिनियाँ पर्यटक भित्रिए सँगै नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्यामा चीन दोस्रो स्थानमा भए साथै सन् २०१८ को यसै अवधिको तुलनामा ९.२५ ले वृद्धि भएको छ । गुईयाङ–काठमाडौं नयाँ सञ्जाल सँगै एउटा ठूलो तवरले नेपालको पर्यटन अर्थतन्त्रमा आफ्नो योगदान पुर्याउने विश्वास र आशा राखेको छ । 

अध्यक्ष जोउ इन्योङ भन्छन्, “पूर्ववत् बेइजिङसँगै हामीले चीनको गुइयाङ र चाङ्समा उडानको थालनी गरेर चीनमा हाम्रो उपस्थितिलाई अझै व्यापक बनाएका छौं । अब यात्रुहरुका लागि नेपाल चीनबीच दुईवटा थप नयाँ प्रवेशद्वार हुनेछ । हालसम्म घोषणा गरिएका रुटहरु हिमालय एयरलाइन्स्को सञ्जाल विस्तार गर्ने भविष्यका धेरै सम्भावनहरु मध्येको एक हो जसले नयाँ रुट तथा स्पष्ट बार्षिक उडान तालिकाहरु उपलब्ध गराएको छ ।”

काठमाडौं–चाङ्साको नयाँ थप सञ्जाल जोडिएसँगै नेपालको पर्यटकीय अर्थतन्त्रमा ठूलो तवरबाट योगदान दिने र नेपाल चीनबीचको द्विपक्षीय सम्बन्धलाई सबै सम्भावित पक्षबाट बलियो बनाउनेछ भन्नेमा हिमालय एअरलाइन्स् आशा गर्दछ । 

नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स् अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउ“दै आएको निजी वायुसेवा कम्पनी हो । ‘हिमालय’ शब्दले नेपालको पहाडहरुलाई संकेत गर्दछ, जुन देशको नाम उँचो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एअरलाइन्स् उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आकांक्षा राख्दछ । सुरक्षा, भरपर्दो सेवा र समयमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एयरलाइन्सले नेपालमा आफ्नो उच्च पहिचान कायम गरिसकेको छ । 

एउटा विमान र एउटा गन्तव्यबाट आफ्नो काम सुरु गरेको एअरलाइन्स्ले तीन बर्षको छोटो अन्तरालमै आफ्नो स्वामित्वमा तीनवटा ए३२० जहाज कायम गर्न र पाँचवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । एयरलाइन्सले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एसियाली मुलुकहरुमा आफ्नो सञ्जाल विस्तार गरेको र हालै सन् २०१९ मा युएईको आबुधावी,  बंगलादेशको ढाका र चीनको बेइजिङ्गलाई आफ्नो सञ्जालमा जोडेको छ ।

अहिले हिमालय एयरलाइन्स्ले अबुधाबी, दमाम, दोहा, ढाका र बेइजिङ्गमा उडान सेवा भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने एक मात्र एयरलाइन्स् हिमालय एयरलाइन्स् हो र हाल चीनमा उडान भर्ने एक मात्र नेपाली एयरलनईन हो । 

८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सीट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी एयरक्राफ्टले सेवा उपलब्ध गराउ“दै आएका छन् । साथै निकट भविष्यमा नै ल्हासा जस्ता उच्च स्थानमा उडान भर्नका निम्ति एअरलाइन्स्ले ए ३१९ जहाज खरिद गर्ने योजना पनि बनाएको छ । चीनसँग सञ्जाल विकास गर्ने विचार गरी एयरलाइन्स्ले बेइजिङमा पहिलो उडान सुरुवात गर्दै क्रम्शैस् चाङसा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङ्गमा विस्तार गर्नेछ । 

व्यावसायिक रुपमा काम सुरु गरेको एक बर्षमै हिमालय एयरलाइन्स्ले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एयरलाइन्स् इन साउथ एसिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो । यस अवार्डले गुणस्तरीय सेवाको विकास र सञ्जाल विस्तारमा एयरलाइन्स्ले गरेको अथक प्रयासको सम्मान गरेको छ र आगामी दिनमा उड्डयन क्षेत्रमा हिमालय एयरलाइन्स्लाई अझै परिस्कृत गर्दै लैजान उर्जा प्रदान गरेको छ ।

हिमालय एयरलाइन्स्को टोली बहुसांस्कृतिक र विविध पृष्ठभूमिबाट निर्मित छ र ‘अथिति देवो भवः’ ग्राहक नै भगवान भन्ने बर्षौं पुरानो परम्परालाई मनन् गर्दै विशुद्ध नेपाली सत्कारसहित उच्च गुणस्तरीय ग्राहक सेवा उपलब्ध गराउन प्रतिबद्ध छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै