• २०८१ बैशाख १३ बिहीबार

बुढीगण्डकी परियोजना मुआब्जा माग्दै बाबुराम भट्टराई धर्नामा 

kharibot

गोरखा । बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जाको माग गर्दै पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई धर्नामा बसेका छन् । 

बूढीगण्डकी प्रभावित गोरखातर्फ आरूघाट, आर्खेत र धादिङतर्फ खहरेका बासिन्दा, जनप्रतिनिधिलगायत बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिन पुगेका थिए । गोरखा-२ बाट सांसदसमेत रहेका भट्टराई धर्ना बसेका हुन् ।

बुढीगण्डकी परियोजना मुआब्जा वितरणमा लामो समय देखि भएको ढिलाई अन्त्य गर्न र तुरुन्त उचित मुआब्जा वितरण गर्न दबाब दिन र सरकारको ध्यानाकर्षण गराउन गोर्खा जिल्ला प्रशासन कार्यालय अगाडी जनप्रतिनिधिहरुसँग धर्ना गरेका छन् । 

धर्ना कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य सुरेन्द्र पाण्डे पनि सहभागी भएका छन् । कार्यक्रममा गोरखाको आरुघाट गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष, सम्बन्धित वडाका अध्यक्षहरु, सरोकार समितिका प्रतिनिधि र प्रभावितहरु सहभागी भएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै