• २०८१ बैशाख १४ शुक्रबार

अस्ट्रेलियाविरुद्धको टेस्टमा पाकिस्तान २४० रनमा अल आउट

kharibot

काठमाडौँ । पाकिस्तानले अस्ट्रेलियाविरुद्ध टेस्टको पहिलो दिन २४० रन बनाएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २४० रन बनाउदै अल आउट हुदा पहिलो दिनको खेल सकिएको छ ।

पाकिस्तानका लागि असद शफिकले सर्वाधिक ७६ रन बनाएका थिए । त्यस्तै कप्तान अजहर अलीले ३९ रन बनाए भने मोहमद रिजवानले ३७ रन बनाएका थिए ।

त्यस्तै शान मसूदले २७ रन बनाए भने यासिर शाहले २६ रन बनाए ।

त्यस्तै बबर आजम र हरिस सोहैल एक एक रनमा आउट भए भने इफ्तिकार अहमद ७ रन बनाएर आउट भए ।

पाकिस्तानलाई पहिलो दिन अल आउट गर्ने क्रममा अस्ट्रेलियाका बलर मिचेल स्टार्कले ४ विकेट लिए भने पाट कमिन्सले ३ विकेट लिए । त्यस्तै जोस हजेलवुडले २ विकेट लिए भने नाथन लियोनले एक विकेट लिएका थिए ।

अस्ट्रेलिया टुरमा रहेको पाकिस्तान यस अघि खेलेको टी-२० सिरिज २-० ले गुमाएको थियो । टेस्ट च्याम्पियनसिप अन्तर्गतको यो टेस्ट सिरिजमा पाकिस्तान र अस्ट्रेलियाबीच दुई खेल हुदै छन् ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै