• २०८१ बैशाख १२ बुधबार

नवनियुक्त कृषिमन्त्री भुसालद्वारा पदभार ग्रहण

kharibot

काठमाडौं । नवनियुक्त कृषिमन्त्री घनश्याम भुसालले बिहीबार पदभार ग्रहण गरेका छन्। उनलाई निवर्तमान कृषिमन्त्री चक्रपाणि खनालले बधाई ज्ञापन सहित स्वागत गरेका छन्।

मन्त्री भुसालले खनाल समक्ष ‘तपाईं‌ले छाडेर गएका अधुरा आयोजना पूरा गर्छु’ भन्दै प्रतिवद्धता व्यक्त गरेका छन्। ‘कामको जस दुबै जना मिलेर लिनुपर्छ' उनले भने। आफूले केही समय सिक्नेसमेत उनले बताएका छन्।

नवनियुक्त मन्त्रीको स्वागत गर्न कर्मचारीहरु भर्याभङसम्म लामवद्ध भई बसेका थिए। कृषि मन्त्री घनश्याम भुसालले परम्परागत कृषि श्रमको स्तर माथि उठाएर व्यवसायिक कृषिको विकासमा केन्द्रित हुने बताएका छन्।

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफू डर र प्रलोभनबाट समेत प्रभावित नभई काम गर्ने बताए। ''म दुईवटा कुराबाट डराउने छैन,  एउटा डर र अर्को प्रलोभन,'' उनले भने।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै