• २०८१ बैशाख १२ बुधबार

“निजामती प्रशासनमा सुधार ल्याउछु” : नवनियुक्त मन्त्री त्रिपाठी

kharibot

काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहण गर्दै उनले व्यक्तिगत र संरचनागत समस्याका कारण काम प्रभावित हुने गरेको भन्दै आफूले त्यस्ता समस्या अन्त्यका लागि प्राथमिकता दिने बताए।

काम गर्दा राजनीतिक सहमतिका आधारमा गर्ने बताउँदै उनले भने, “व्यक्तिपिच्छे कार्यशैली फरक हुन्छ, मेरो कार्यशैली फरक छ। कार्यशैली अनुसार साथीहरुले मलाई सघाउनुहुन्छ भन्ने विश्वास छ।” मन्त्री त्रिपाठीले भने, “म राजनीतिक सहमतिमा विश्वास गर्ने भएकाले सहमतिका साथ अघि बढ्छु।” 

अहिलेको निजामती प्रशासनमा नीतिगत र संरचनागत दुवै समस्या रहेको बताउँदै उनले त्यसलाई सच्याउनुपर्ने बताए। “एउटा नीतिगत समस्या हो, अर्को संरचनागत समस्या,” मन्त्री त्रिपाठीले भने, "हामीले व्यक्तिलाई दोषि देखिराखेको छौं, संरचना नै कमजोर छ। ड्राइभर बलियो राखिदिएर १० हर्सपावरको गाडी चलाउन दियो भने त उही हो नि समस्या त।”

संघीय निजामती सेवा ऐन छिटोभन्दा छिटो जारी गर्ने र कर्मचारी समायोजनको क्रममा देखिएका केही मनोवैज्ञानिक समस्याहरु समाधान गर्ने बताए। स्थानीय तह, प्रदेश र संघ बीचको अन्तरसम्बन्धलाई मिलाएर अघि बढ्नुपर्ने बताउँदै उनले त्यसका लागि केही कानुनी संशोधनको आवश्यकता भएको बताएका छन्।

उनले स्थानीय तहमा सामाजिक सुरक्षाको रकमसमेत अर्को शीर्षकमा लगेको पाइएको भन्दै त्यसमा पारदर्शिता ल्याउन आफूले प्राथमिकता दिने पनि बताएका छन्।

सरकारले पुर्वमन्त्री लाल बाबु पण्डितलाई हटाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा त्रिपाठीलाई नियुक्त गरेको हो। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै