• २०८१ बैशाख १२ बुधबार

साताको अन्तिम दिन पनि घट्यो नेप्से 

kharibot

काठमाडौं । साताको अन्तिम कारोवार दिन बिहिबार पनि नेप्से घटेर नै रोकिएको छ।

नेप्से सात दसमलव ७४ अंकले घटेर ११ सय २० दसमलव ६० बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव दसमलव ७८ अंकले घटेर दुई सय ४६ दसमलव ८९ बिन्दुमा झरेको छ।

एक सय ६७ कम्पनीहरुको पाँच हजार छ सय ७२ वटा कारोवारमा १० लाख ५० हजार चार सय १२ कित्ता सेयर खरिद बिक्री भएकाछन्। उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम २९ करोड ७७ लाख ९७ हजार ७१ रुपैयाँ पुगेको छ।  

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएको हुंदा नौ वटा समुहले गुमाएकाछन भने तीन वटा समुहको कमाएका छन्। जसमध्ये बाँणिज्ज्य बैंक समुहको सुचक नौ दसमलव ४२ अंकले घटेर एक हजार ३१ दसमलव १९ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि २५ दसमलव १६ अंकले घटेर चार हजार ६१ दसमलव ५९ बिन्दुमा झरेको छ।

जलबिद्युत, जीवन बीमा, होटल, जलबिद्युत, फाईनान्स, उत्पादनमुल र लघुबित्त समुहको सुचक पनि घटेकाछन्। ट्रेडिङ समुहको सुचक भने आज ३६ दसमलव १६ अंकले बढेर पाँच सय २१ दसमलव १८ बिन्दुमा चढेको छ। अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि आज बढेकाछन्।  

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९३ पैसाले बढेर १५ सय १६ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको जनसेवी लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य आठ रुपैयाँ २० पैसाले घटेर ११ सय ७५ रुपैयाँमा कारोवार भएको छ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको एनएमबी बैकको प्रतिकित्ता तीन सय ८२ रुपैयाँ अन्तिम मुल्यमा चार करोड ३० लाख ६७ हजार छ सय ५४ रुपैयाँ पुगेको छ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै