पुनर्गठन बारे भिम रावलको प्रतिक्रिया – संबिधान निर्माणमा अवरोध गर्नेलाई मन्त्री किन बनाइयो ?

खरीबोट

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भिम रावलले मन्त्रिमण्डल पुनर्गठन बारे आफ्नो प्रतिक्रिया दिएका छन् ।

नेता रावलले नेकपाका दुई अध्यक्षबीच सहमति कायम गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले भूमिका खेलेकोमा प्रश्न उठाएका छन् ।

उनले भनेका छन् – 'संविधानले मर्यादित स्थानमा राखेको राष्ट्रपतिलाई पार्टी (पक्ष-विपक्ष) राजनीति र मन्त्रीहरूको चयनमा संलग्न रहेको देखिने कार्य किन गरियो ?'

साथै नव नियुक्त मन्त्रीका बारेमा पनि नेता रावलले असन्तुष्टि व्यक्त गरेका छन् । एमालेको चुनाव चिन्ह लिएर चुनाव लडेका हृदेश त्रिपाठीलाई सामान्य प्रशासन मन्त्री बनाइएकोमा आपत्ति जनाएका छन् ।

उनले भनेका छन् – 'नेकपालाई बलियो र विजयी बनाउन रगत-पसिना बगाउने र देशको लागि दृढतापूर्वक उभिने पार्टीपंक्ति नै अपमानित हुनेगरी संविधान निर्माणमा अवरोध गर्ने र कम्युनिष्ट पार्टीको उच्छित्तो काढ्नेहरूलाई नै संघीय मामिला र सामान्य प्रशासन एवं कानून, न्याय र संसदीय मामिला जस्ता मन्त्रालय सुम्पिनु पर्ने के बाध्यता आइलाग्यो ?'

नेता रावलले विगतमा कम्युनिष्ट पार्टीविरूद्ध क्रियाशील, धनबल र पूँजी राजनीतिबाट समानुपातिक सांसद बनेकालाई अझ मन्त्री बनाउनुको औचित्य के हो भन्दै प्रश्न गरेका छन् । 

त्यस्तै मन्त्रिमण्डल पुनर्गठनमा संविधानको समानुपातिक र न्यायको मर्मलाई सम्मान गरियो त ? भन्दै प्रश्न गरेका छन् ।

सम्बन्धित समाचार

सीमा विवाद : नेपालको नयाँ नक्सा सार्वजनिक गराउँदै नेकपा

काठमाडौँ । छिमेकी मुलुक भारतले एकतर्फीरुपमा नेपालको कालापानी क्षेत्रलाई समाहित गरी आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको विषयमा गम्भीर हुँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाली भूमिको नयाँ नक्सा तयार

उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालयको बैठकले यही मङ्सिर १४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सम्बन्धित कमिटीलाई निर्देशन

प्रचण्डको अध्यक्षतामा पहिलो पटक नेकपाको सचिवालय बैठक शुरु

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरू भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसेको हो । बैठकमा मंसिर १४ गते भएको

डडेल्धुरामा नेकपाले तोक्यो सातै स्थानीय तहमा इञ्चार्ज

अमरगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराले जिल्लाका सातै स्थानीय तहमा इञ्चार्ज तोकेको छ। पार्टीको जिल्ला सचिवालयको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा इञ्चार्ज तोकेको हो। नेकपा डडेल्धुराले सोमबार जिल्ला सदरमुकाममा


z