• २०८१ बैशाख ७ शुक्रबार

पुनर्गठन बारे भिम रावलको प्रतिक्रिया – संबिधान निर्माणमा अवरोध गर्नेलाई मन्त्री किन बनाइयो ?

kharibot

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भिम रावलले मन्त्रिमण्डल पुनर्गठन बारे आफ्नो प्रतिक्रिया दिएका छन् ।

नेता रावलले नेकपाका दुई अध्यक्षबीच सहमति कायम गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले भूमिका खेलेकोमा प्रश्न उठाएका छन् ।

उनले भनेका छन् – 'संविधानले मर्यादित स्थानमा राखेको राष्ट्रपतिलाई पार्टी (पक्ष-विपक्ष) राजनीति र मन्त्रीहरूको चयनमा संलग्न रहेको देखिने कार्य किन गरियो ?'

साथै नव नियुक्त मन्त्रीका बारेमा पनि नेता रावलले असन्तुष्टि व्यक्त गरेका छन् । एमालेको चुनाव चिन्ह लिएर चुनाव लडेका हृदेश त्रिपाठीलाई सामान्य प्रशासन मन्त्री बनाइएकोमा आपत्ति जनाएका छन् ।

उनले भनेका छन् – 'नेकपालाई बलियो र विजयी बनाउन रगत-पसिना बगाउने र देशको लागि दृढतापूर्वक उभिने पार्टीपंक्ति नै अपमानित हुनेगरी संविधान निर्माणमा अवरोध गर्ने र कम्युनिष्ट पार्टीको उच्छित्तो काढ्नेहरूलाई नै संघीय मामिला र सामान्य प्रशासन एवं कानून, न्याय र संसदीय मामिला जस्ता मन्त्रालय सुम्पिनु पर्ने के बाध्यता आइलाग्यो ?'

नेता रावलले विगतमा कम्युनिष्ट पार्टीविरूद्ध क्रियाशील, धनबल र पूँजी राजनीतिबाट समानुपातिक सांसद बनेकालाई अझ मन्त्री बनाउनुको औचित्य के हो भन्दै प्रश्न गरेका छन् । 

त्यस्तै मन्त्रिमण्डल पुनर्गठनमा संविधानको समानुपातिक र न्यायको मर्मलाई सम्मान गरियो त ? भन्दै प्रश्न गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै