• २०८१ बैशाख १४ शुक्रबार

सिंहदरबारमा नयाँ मन्त्रीको स्वागत (फोटो फिचर) 

kharibot

तस्बीर : रासस

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई आज बिहान पद तथा गोपनीयताको शपथ गराएसँगै मन्त्रीहरुले आ-आफ्नो पदभार सम्हालेका छन् ।

बुधबार भएको मन्त्रीमण्डल पुनर्गठनमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट,  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ नयाँ मन्त्री बनेका छन् ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

शपथ लिए सँगै राज्यमन्त्रीहरुले पनि आ-आफ्नो पदभार ग्रहण गरेका छन् । नयाँ राज्यमन्त्री बन्नेहरुमा उद्योग राज्यमन्त्री मोतीलाल दुगड, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावत र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर रहेका छन् । 

तस्बीरमा नयाँ मन्त्रीहरुको पदभार :


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै