• २०८१ बैशाख ८ शनिबार

जिल्ला अदालतको आदेशविरुद्ध महरा उच्च अदालतमा

kharibot

काठमाडौँ । हाल हिरासतमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंले गरेको आदेश बदर गर्न माग गर्दै बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

महिला कर्मचारीलाई बलात्कार गरेको र प्रतिकार गर्दा शारीरिक हिंसा गरेको अभियोगमा कारागार चलान भएका महराले बिहीबार जिल्ला अदालतको आदेश बदर गरी थुनामुक्त गराउन माग गर्दै निवेदन दिएका हुन् ।

महराको निवेदनमाथि कैफियत प्रतिवेदन मागको लागि शुक्रबार उच्च अदालतको इजलासमा पेस गरिने र त्यसपछि निवेदन सुनुवाइको प्रक्रिया शुरु हुने बताइएको छ ।

महरालाई जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो । सोहि आदेश अनुसार अहिले महरा डिल्लीबजारस्थित कारागारमा रहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै