• २०८१ बैशाख ७ शुक्रबार

सन्दीपको बलिङ : पहिलो ओभरमा २२ रन, दोस्रोमा २ विकेट 

kharibot

काठमाडौँ । जारी टी-१० लिगमा विहिबारको खेलमा सन्दीप लामिछानेले दुई विकेट लिएका छन् ।

क्वालान्दर्सविरुद्धको खेलमा सन्दीप २ ओभरमा ३० रन दिएर २ विकेट लिएका हुन् ।

पहिलो ओभरमा २२ रन दिएका सन्दीपले दोस्रो ओभरमा कमब्याक गर्दै ८ रन दिएर २ विकेट लिएका थिए । सन्दीपले २८ बलमा ८० रन बनाएका टम बानटम र कोहलर काडमोरलाई शुन्यमा आउट गरेका थिए ।

यस सिजनको टी-१० लिगमा सन्दीपको यो पाँचौ खेलमा छैठौ विकेट हो ।

टस जितेर पहिला ब्याटिंग गरेको क्वालान्दर्सले १० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको छ । यो खेल जित्न अब कर्नाटका टुस्कर्सले १३१ रनको लक्ष्य पाएको छ ।           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै