• २०८१ बैशाख १३ बिहीबार

वेस्टइन्डिजविरुद्ध भारतीय टिमको घोषणा, धोनी अझै टिममा परेनन् 

kharibot

काठमाडौँ । वेस्टइन्डिजविरुद्ध खेल्ने एकदिवसीय र टी-२० सिरिजका लागि भारतीय टिमको घोषणा गरिएको छ ।

घोषणा गरिएको टिममा गत विश्वकपदेखि बाहिर रहेका पुर्व कप्तान महेन्द्र सिंह धोनी परेका छैनन् ।

भारतले वेस्टइन्डिजविरुद्ध ३ एकदिवसीय र ३ टी-२० खेल खेल्दै छ । भारतीय टिममा मोहमद सामी र भुवनेश्वर कुमार लामो समयपछि छोटो फर्म्याटमा फर्किएका छन् ।

त्यस्तै घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका बलर दिपक चहर टी-२० का साथै एकदिवसीय टिममा समेत सामेल गरिएको छ । चहरले हालै बंगलादेशविरुद्ध र घरेलु क्रिकेटमा लगातार ह्याट्रिक लिएर किर्तिमान बनाएका थिए ।

त्यस्तै बंगलादेशविरुद्ध एकदिवसीय टिममा सामेल संजु सामसनले खेल्ने अवसर नै नपाई वेस्टइन्डिजविरुद्ध बाहिर राखिएको छ । त्यस्तै क्रुनाल पाण्डेय र शार्दुल ठाकुरलाई पनि टिमबाट बाहिर राखिएको छ ।

लगातार खराब प्रदर्शन पछि पनि शिखर धवन र रिषव पन्तलाई वेस्टइन्डिजविरुद्ध टिममा राखिएको छ ।

त्यस्तै मुम्बईका अलराउन्डर शिवम दुवेलाई टी-२० पछि एकदिवसीय टिममा पनि अवसर दिइएको छ ।

एकदिवसीय टिम : विराट कोहली (कप्तान) रोहित शर्मा (उपकप्तान), केएल राहुल, शिखर धवन, रिषव पन्त, मनिष पाण्डे, श्रेयस अय्यर, शिवम दुवे, रविन्द्र जडेजा, केदार जादभ, युजवेंद्र चहल, कुलदीप यादव, दीपक चहर, भुवनेश्वर कुमार र मोहमद सामी ।

टी-२० टिम : विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), केएल राहुल, शिखर धवन, रिषव पन्त, मनिष पाण्डे, श्रेयस अय्यर, शिवम दुवे, रविन्द्र जडेजा, वाशिंटन सुन्दर, युजवेंद्र चहल, कुलदीप यादव, दीपक चहर, भुवनेश्वर कुमार, मोहमद सामी ।                    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै