• २०८१ बैशाख ८ शनिबार

अमेरिकामा प्रवासी नेपाली एकता समाजको अधिवेशन हुँदै

kharibot

काठमाडौँ । राप्रपाको भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को  अधिवेशन यहि डिसेम्बर १ मा वाल्टिमोरमा हुँदै छ ।

अधिवेशनको राप्रपा अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाले प्रमुख आतिथ्यतामा हुन लागेको छ ।

राप्रपा (प्रवास) का सहायक महामन्त्री प्रेम कुमार श्रेष्ठका अनुसार राजावादी, हिन्दुवादी राष्ट्रवाद हरूको अमेरिकामा उल्लेख्य उपस्थिति रहेकोले अधिवेशन भव्य हुने र अधिवेशनको सबै तयारी पूरा गरिएको छ ।

न्युयोर्क, टेक्सास, वाल्टिमोर, बोष्टनलगायत अमेरिकाको विभिन्न च्याप्टरबाट उक्त अधिवेशनमा प्रतिनिधित्व हुने बताइएको छ । हाल अमेरिकालगायत विश्वभरका २५ भन्दा वढि मुलुकमा राप्रपा समर्थित प्रवासी नेपाली एकता समाजको सशक्त संगठन रहेको छ ।

राप्रपा प्रवास विभाग प्रमुख विजय खडकाका अनुसार अध्यक्ष थापा वाल्टिमोरमा प्रवासी नेपाली एकता समाजको अधिवेशनलाई प्रमुख अतिथिको हैसियतले सम्बोधन गरेर डिसेम्बर २ मा ड्यालसमा नेपाली समुदायलाई सम्बोधन र अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथिको हैसियतले सहभागिता जनाउने छन् । 

त्यस्तै डिसेम्बर ४-५ मा वासिङ्टनमा हुने अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको राजनीतिक सम्मेलनमा सहभागीता र सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा राप्रपा सहायक महामन्त्री तथा प्रवास संघ प्रमुख प्रेम कुमार श्रेष्ठ तथा प्रवास अमेरिका अध्यक्ष लोक तिवारीले पनि सहभागीता जनाउदै छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै