• २०८१ बैशाख १४ शुक्रबार

प्रियदर्शनले पारिवारिक कमेडी फिल्म हंगामा-२ बनाउने

kharibot

मुम्बई । बलिवुडका चर्चित कमेडी फिल्म निर्देशक प्रियदर्शन ६ बर्षपछि आफ्नो १६ बर्ष अघिको फिल्म हंगामाको सिक्वेल लिएर आउने भएका छन् ।

प्रियदर्शनले हंगामा-२ बनाउने घोषणा गरेसँगै दर्शक अब अर्को पारिवारिक कमेडी फिल्म हेर्न प्रतिक्षारत हुने भएका छन् ।

प्रियदर्शनले फिल्मका बारेमा कुरा गर्दै हंगामा-२ पुरानो फिल्म हंगामा भन्दा फक हुने बताएका छन् । उनले भनेका छन्,'हंगामा-२ नयाँ कथामा बन्ने छ । फरक कथामा बन्ने भएपनि हंगामा-२ नाम राख्नुको अर्थ पहिलाको फिल्ममा जस्तै मोजमस्ती, बदमासी र हंगामाको फ्लेवर कायम रहोस भन्ने मात्र हो ।'

प्रियदर्शनले फिल्ममा परेश रावल, शक्ति कपुर र राजपाल यादव रहने बताएका छन् भने फिल्मका प्रमुख कलाकार अक्षय खन्ना र रिमी सेनको ठाउमा भने नयाँ कलाकार आउने बताएका छन् । उनले प्रमुख जोडीको घोषणा छिट्टै गरिने बताएका छन् ।

प्रियदर्शनले हंगामा, हलचल, गरम मसाला, दे दनादन, भागम भाग, मालामाल विकली जस्ता फिल्म बनाएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै