काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मुल्यमा गिरावाट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ३ सय ले घटेको छ।
महासंघका अनुसार छापावाला सुन आज प्रतितोला ७१ हजार ७ सय भएको छ।
यस अघि विहिबार छापावाल सुनको मुल्य ७२ हजार रहेको थियो।
त्यसैगरी तेजाबी सुन प्रतितोला ७१ हजार ४ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यसैगरी चाँदीको मुल्य भ्काने स्थिर रही आज प्रतितोला ८ सय ६० मा कारोवार भैरहेको महासंघले जनाएको छ।