• २०८१ बैशाख १३ बिहीबार

११ सय २० अंकमा रोकियो साताको नेप्से

kharibot

काठमाडौं । यो साता नेप्से ११ सय २० दसमलव ६० अंकमा पुगेर रोकिएको छ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नियमित कारोवार कक्ष यो साता पाँच कार्यदिन नै खुल्ला रहेकोमा पाँचै दिन नेप्से घटेपछि परिसुचक उक्त अंकमा पुगेको हो। 

यो साता नेप्सेमा एक सय ७३ कम्पनीहरुको कारोवार भएकाछन्। सो अनुरुप २६ हजार एक सय ४३ वटा कारोवारमा ५५ लाख २० हजार आठ सय २२ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम एक अर्ब ५७ करोड २८ लाख ७३ हजार एक सय १३ रुपैयाँ पुगेको छ। यो कारोवार रकम गत साताको तुलनामा कम हो।

गत साता भने नेप्सेमा एक सय ७४ कम्पनीहरुको कारोवार भएको थियो। सो अनुरुप २५ हजार चार सय ८१ वटा कारोवारमा ५८ लाख २८ हजार नौ सय १६ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम एक अर्ब ७२ करोड ६७ लाख ८२ हजार ९९ रुपैयाँ पुगेको थियो।

यो साता पहिलो दिन नेप्से चार दसमलव ५९ अंकले घटेर ११ सय ३१ दसमलव ३६ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ९३ अंकले घटेर दुई सय ४९ दसमलव १३ अंकमा पुगेको थियो। 

दोस्रो दिन पनि नेप्से शुन्य दसमलव २४ अंकले घटेर ११ सय ३१ दसमलव १२ अंकमा पुग्दा सेन्सिटिभ तीन दसमलव २८ अंकले घटेर दुई सय ४८ दसमलव ६० अंकमा पुगेको थियो।

तेस्रो दिन पनि नेप्से एक दसमलव १४ अंकले घटेर ११ सय २९ दसमलव ९९ अंकमा पुग्दा सेन्सिटिभ शुन्य दसमलव ३१ अंकले बढेर दुई सय ४८ दसमलव ९१ अंकमा चढेको थियो।

चौंथो दिन पनि नेप्से एक दसमलव ६५ अंकले घटेर ११ सय २८ दसमलव ३४ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव २५ अंकले घटेर दुई सय ४८ दसमलव ६७ अंकमा पुगेको थियो।

अन्तिम कारोवार दिन पनि नेप्से सात दसमलव ७४ अंकले घटेर ११ सय २० दसमलव ६० अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ७८ अंकले घटेर दुई सय ४६ दसमलव ८९ अंकमा पुगेको थियो।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल बैंक, एनएमबी बैक, एनआईसी एशिया बैंक आदि परेकाछन्।

बढी सेयर कारोवार भएको आधारमा भने यो साता एनएमबी बैंक, प्रभु बैंक आदि अगाडि परेकाछन्। बजार पुंजीकरणका आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक आदि परेकाछन्।

सेयर सुचीकरण तर्फ भने यो साता लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड, जनउत्थान सामुदायिक लघुबित्त बित्तीय संस्था आदिको बोनस तथा हकप्रद सेयर सुचीकृत भएकाछन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै