• २०८१ बैशाख ८ शनिबार

महरा प्रकरणमा उच्च अदालतले निर्णयको फाइल मगायो   

kharibot

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराको पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्धको पुनरावेदन निवेदनमा सुनुवाई शुरु भएको छ ।

शुक्रबार उच्च अदालत पाटनले कैफियत प्रतिवेदन बुझाउन आदेश दिएको छ ।

पुनरावेदन अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिंदा लिएको आधार कारण र सक्कल मिसिल पठाउन आदेश दिएको हो ।

बिहिबार महराले जर्बजस्ती करणी उद्दोगको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

महराविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले संसदकी कर्मचारी रोशनी शाहीमाथि जर्बजस्ती करणी प्रयास गरेको अभियोगमा मुद्दा दायर गरी साँढे सात वर्षको कैद सजाय मागदाबी गरेको छ ।

महरा १८ असोजमा सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए । १८ कात्तिकमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उनी हाल डिल्लीबजारस्थित कारागारमा राखिएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै