• २०८१ बैशाख ४ मंगलबार

सिमा अतिक्रमण बारे भारतलाई तत्काल औपचारिक पत्र पठाईयोस् -कमल थापा 

kharibot

काठमाडौँ । राप्रपाका अध्यक्ष कमल थापाले नेपाली भू-भाग अतिक्रमणका सम्बन्धमा सरकारले अहिलेसम्म भारतलाई औपचारिक पत्र नपठाएकोमा आपत्ति जनाएका छन् ।

सामाजिक संजाल मार्फत अध्यक्ष थापाले सरकारले अहिलेसम्म कालापानी, लिपुलेक अतिक्रमण वारे अहिलेसम्म नेपाल सरकारले भारतलाई “औपचारिक पत्र” पठाएको वा त्यसवारे भारतीय राजदुतलाई बोलाएर बिरोध जनाएको नदेखिएको बताएका छन् ।

उनले चर्को भाषण गरेर,विज्ञप्ति निकालेर मात्र जनताको आंखामा छारो हाल्ने काम नहोस् भन्दै यसवारे वार्तागर्न भारतलाई तत्काल औपचारिक पत्र पठाईयोस् भन्ने आग्रह गरेका छन् ।

थापाले भने, 'कालापानी,लिपुलेक अतिक्रमणवारे अहिले सम्म नेपाल सरकारले भारतलाई “औपचारिक पत्र”पठाएको वा त्यसवारे भारतीय राजदुतलाई बोलाएर बिरोध जनाएको देखिएन । चर्को भाषण गरेर, विज्ञप्ति निकालेर मात्र जनताको आंखामा छारो हाल्ने काम नहोस् । यसवारे वार्ता गर्न भारतलाई तत्काल औपचारिक पत्र पठाईयोस् ।'  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै