देशलाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने छः प्रधानमन्त्री ओली

खरीबोट

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले अब छोटो समयभित्र नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने बताएका छन् ।

काठमाडौँ विश्वविद्यालय (केयू)का कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आज धुलिखेलमा केयूको २५औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै अरुले  बनाइदिने नभई नेपालीले नै नेपाल बनाउने स्पष्ट गरे ।  

प्रधानमन्त्री ओलीले देशको भविष्य उज्ज्वल रहेको बताउँदै भने,  “हामीसँग सफल वर्तमान छ, भविष्य उज्यालो छ । अब ढुक्क भएर अगाडि बढ्न सक्ने क्षमता छ ।”  नेपाल उर्वर देश भएकाले सबैखाले उत्पादन गर्न सक्ने क्षमता रहेको उनले स्पष्ट गरे । “हामी केही कारणले आर्थिक रुपमा पछाडि प¥यौँ तर अब सधैँ पछाडि पर्दैनौँ, हिजो पछाडि पर्नका लागि अनेकौँ कारणमध्ये शिक्षाको अभाव एउटा थियो”, उनले भने ।

प्रधानमन्त्री ओलीले सरकार गुणस्तरीय शिक्षा प्रदान गर्ने बाटामा जाँदै गरेको बताउँदै केयूमा आज दीक्षितमध्ये ५४ प्रतिशत छात्रा रहेकामा खुशी व्यक्त गरे । नेपालमा उत्पादित चिकित्सा जनशक्ति ‘ग्लोबल लेभेल’ को रहेको समेत उनले बताए ।

उनले भने, “यस्तो आकर्षणले बालिकाहरु विद्यालयबाट ड्रपआउट हुने ठूलो चिन्ता हट्दै जानेछ, जनशक्ति उत्पादनमा छात्राको सङ्ख्या बढ्नु पनि ठूलो खुशीको कुरा हो, हामी खुशी छौँ, देश खुशी छ ।” उनले नयाँ पुस्तालाई उत्साह र  आत्मविश्वासका साथ अगाडि बढ्न पनि आह्वान गरे । 

सो अवसरमा भारतको जयपुरस्थित मणिपाल विश्वविद्यालय प्रमुख डा के रामनारायणले केयूसँगको सहकार्यमा मेडिकल क्षेत्रमा उल्लेख्य प्रगति भइरहेको बताए । उनले भने, “हामी दुई देशको मित्रतासँगै मेडिकल शिक्षामा पनि मित्रवत् रुपमा अघि बढिहेका छौँ, यो खुशीको विषय हो ।” 

केयूका उपकुलपति प्रा डा रामकण्ठ माकजू श्रेष्ठले शिक्षा प्रणालीलाई कसरी सान्दर्भिक, सीपमूलक र उच्च गुणस्तरको बनाउने भन्ने विषयमा जोड दिनुपर्ने बताए । उनले भने, “हाम्रो मुलुकमा चुनौती र अवसर थुप्रै छन्, शिक्षाले यी चुनौती र अवसरप्रति गहन दृष्टिकोण प्रदान गर्न सक्नुपर्छ ।”

कार्यक्रममा  एमबिबिएस स्नातक तहमा सबैभन्दा बढी ७९ दशमलव ६७ प्रतिशत अङ्क ल्याउने लुम्बिनी मेडिकल कलेज पाल्पाका विवेक पौड्याललाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरिएको थियो ।

केयूका चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका एक हजार ६०४ दीक्षित भएका हुन् । दीक्षित हुनेमा एमसिएच, डिएम, एमडी, एमएस, एमएस्सी, र एमडीएसका एक हजार ९८, बिडिएसका २१८, बिएस्सी इन नर्सिङका ११६ र बिपिटीका २४ विद्यार्थी छन् ।

भारत, भुटान, श्रीलङ्का, मालदिभ्स, अमेरिका र बेल्जियमका २४६ विद्यार्थीसमेत आज दीक्षित भएका छन् ।  
 

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली काममा सक्रिय हुदै, मन्त्रिपरिषद बैठक बोलाए 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो ४ बजे सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठकको बैठक बोलाएका छन् ।  यहि मंसिर ५ गते मन्त्रिपरिषदमा ६ मन्त्री र ३ राज्यमन्त्री हेरफेर गरेपछि

सार्कप्रति नेपाल प्रतिबद्ध छ, शिखर सम्मेलन गरेर पुनर्जीवन दिऔँ : प्रधानमन्त्री ओली 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को शिखर सम्मेलन शीघ्रातिशीघ्र आयोजना गरेर सङ्गठनलाई पुनर्जीवन दिनुपर्ने आवश्यकता औँल्याएका छन् । सार्क स्थापनाको ३५औँ वार्षिकोत्सवका अवसरमा

प्रधानमन्त्री ओलीको उपचार खर्च साढे दुई लाख 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले अनुसार

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । प्रधानमन्त्री केपी ओली आज अपराह्न ३ बजे अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गरिएको जानकारी दिएका छन् । मंसिर १० गते


z