काठमाडौं । पिएसजीले लिल्लीमाथि जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा पिएसजीले लिल्लीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
पिएसजीको जितमा एन्जल डि मारिया र माउरो इकार्डीले एक एक गोल गरेका थिए । नेइमार र एम्बाप्पे फर्किएको यस खेलमा पिएसजीले सहज जित हासिल गरेको थियो ।
यो खेलपछि पिएसजी फ्रेन्च लिग वानमा १४ खेलमा ३३ अंकसहित शिर्ष स्थानमा कायम रहेको छ । दोस्रो स्थानमा रहेको मार्सेलीभन्दा ११ अंकले अगाडी रहेको छ ।
त्यस्तै लिल्लीको भने १४ खेलमा १९ अंक रहेको छ ।