• २०८१ बैशाख १३ बिहीबार

पारस र सन्दीपको टिम टी-१० लिगको प्लेअफमा पुग्न असफल

kharibot

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी पारस खड्का र सन्दीप लामिछाने दुवैका टिम जारी टी-१० लिगको लिग चरणबाट बाहिरिएका छन् ।

युएईमा जारी टी-१० क्रिकेट लिगको सुपर लिग अन्तर्गत पारसको टीम आबु धाबी र सन्दीपको टिम कर्नाटका टुस्कर्स लिग चरणबाटै बाहिरिएका हुन् ।

गएराती सम्पन्न खेलमा आबुधाबीले कर्नाटकालाई पराजित गरेपनि प्लेअफमा छनौट हुन् भने असफल भएको थियो । 

गएराती भएको खेलमा पारसले टिम आबु धाबिबाट खेल्ने मौका पाएका थिए भने सन्दीप कर्नाटकाको प्लेइङ एघारमा परेका थिएनन् ।

आबु धाबीले कर्नाटकालाई ३४ रनले पराजित गरेको खेलमा पारसले ब्याटिंग गर्ने मौका नपाएपनि २ ओभर बलिङ गर्दै ३० रन दिएर एक विकेट लिएका थिए । पहिलो पटक बलिङ गर्ने अवसर पाएका पारसले अहमद राजालाई आउट गरेका थिए ।

यसरी पारसले टी-१० लिगको डेभ्यु सिजनमा ३ खेल खेल्ने अवसर पाएका छन् । त्यस्तै सन्दीप भने कर्नाटकाबाट पाँच खेल खेल्दै ६ विकेट लिएका छन् ।

टिम आबु धाबीले पाँचौ स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ । ६ खेलमा ६ अंक हासिल अग्र्दै आबु धाबी पाँचौ स्थानमा रहेको हो । त्यस्तै कर्नाटका टुस्कर्स भने ६ खेलमा ४ खेलमा हार बेहोर्दै केवल ३ अंक हासिल गरेर पुछारमा रहेको छ ।

अब टी-१० लिगमा मराठा अरेबियन्स ९ अंक हासिल गरेर शिर्ष स्थानमा रहदै पहिलो क्वालिफायरमा पुगेको छ । त्यस्तै क्वालन्दर्स ७ अंक हासिल गरेर पहिलो क्वालिफायरमा मराठासँग खेल्ने भएको छ ।

त्यसैगरी तेस्रो स्थानमा रहेको डेक्कन ग्लाडीयटर्स र चौथो स्थानमा रहेको बंगला टाइगर्सबीच इलिमिनेटरको खेल हुने छ । यस खेलको विजेताले पहिलो क्वालिफायरमा पराजित टिमसँग दोस्रो क्वालिफायर खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै