भ्रमण वर्षको सदस्य सचिवमा श्रेष्ठ नियुक्त

खरीबोट

काठमाडौँ । सरकारले नेपाल भ्रमण वर्ष २०२० सचिवालयको सदस्य सचिवमा बच्चुनारायण श्रेष्ठलाई नियुक्त गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त गरिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

सोलुखुम्बुको सोलु दूधकुण्ड नपा वडा नं ६ का श्रेष्ठ दुई दशकभन्दा बढी समयदेखि निरन्तर पर्यटन व्यवसायमा संलग्न छन् । उनी यसअघि ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) मा द्वितिय र प्रथम उपाध्यक्ष गरी दुई कार्यकाल काम गरिसकेका छन् ।

यसैगरी पासाङल्हामू पर्वतारोहण प्रतिष्ठानको महासचिवका रुपमा पनि अनुभव संगाल्नुभएका उहाँले यसअघि सरकारले २५६० औँ बुद्ध जयन्तीको अवसर पारी घोषणा गरेको अन्तरराष्ट्रिय बौद्ध सम्मेलन मूल आयोजक समितिको सदस्य सचिवका रुपमासमेत काम गरिसकेका छन् । श्रेष्ठ जिम्मेवार पर्यटन नीति तथा अभ्यास विषयमा विद्यावारिधिको शोधार्थी हुन् ।

नवनियुक्त सदस्य सचिव श्रेष्ठले शुक्रबार पदभार ग्रहणपछि सचिवालयमा आयोजित स्वागत कार्यक्रममा भ्रमण वर्षको सफलताका लागि पर्यटनसँग सम्बन्धित सबै क्षेत्रसँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने बताए ।

उनले नेपालको आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रका रुपमा रहेको पर्यटन उद्योगको विकास, प्रवद्र्धन र विस्तारले उद्योगका अन्य क्षेत्रलाईसमेत समेट्ने भएकाले सरकारले घोषणा गरेको भ्रमण वर्ष सबै नेपालीको महाअभियान भएको बताए ।

सम्बन्धित समाचार

भ्रमण वर्षलाई लक्षित गरी निकुञ्जमा जङ्गल सफारी खुला

राँझा । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि निकुञ्जमा सफारी खुला

भ्रमण वर्षलाई सहयोग गर्न ३१ देशका राजदुतसँग आग्रह

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिनका लागि नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार संस्थाका

नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि झम्सिखेल सडक महोत्सव आयोजना

ललितपुर । नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि झम्सिखेल युथ क्लबको आयोजनामा आउँदो शनिबार ‘चौथो झम्सिखेल सडक महोत्सव–२०७६’ हुने भएको छ।  झम्सिखेल क्षेत्रमा थप पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न

नेपाल एयरलाइन्सका जहाज तथा सवारी साधनमा भ्रमण वर्षको प्रतीक चिन्ह

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी प्रवद्र्धनका लागि आफ्ना जहाज तथा अन्य यातायातका साधनमा भ्रमण वर्षका लागि प्रतीक चिह्न


z