• २०८१ बैशाख ८ शनिबार

विपद् प्राधिकरणको कार्यकारी प्रमुखको नाम सिफारिस

kharibot

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । 

गृह मन्त्रालयका अनुसार उम्मेद्वारको शैक्षिक योग्यता, अनुभव र तालीम एवं सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताबाट प्राप्त अङ्कका आधारमा बढी अङ्क प्राप्त गर्ने अनिल पोखरेल, डा प्रेमबहादुर थापा र विष्णुप्रसाद खरेलको नाम सिफारिस गरिएको छ । 

कार्यकारी प्रमुखको नियुक्तिका लाग सिफारिस गर्न गठित समितिको बैठक र छनोट प्रक्रिया कार्यविधि २०७६ बमोजिम छनोटमा परेका पाँच उम्मेदवारको विभिन्न प्रस्तुति र अन्तरवार्ताको मूल्याङ्कनबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उनीहरुको नाम सिफारिस गरिएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । 

यसअघि कात्तिक २६ गते गृह मन्त्रालयले दर्खास्त परेकामध्ये शैक्षिक योग्यता, तालीम र अनुभवका आधारमा बढी अङ्क प्राप्त गर्ने १३ जनाको नाम सार्वजनिक गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै