• २०८१ बैशाख ८ शनिबार

टेस्ट क्रिकेटमा विराट कोहलीको २७औ शतक 

kharibot

काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टेस्ट क्रिकेटमा आफ्नो २७औ टेस्ट शतक बनाएका छन् ।

हाल जारी बंगलादेशविरुद्धको दोस्रो टेस्टको दोस्रो दिन विराटले शतकीय पारी खेल्दै टेस्ट क्रिकेटमा विराटले २७औ शतक बनाएका हुन् ।  

अन्तर्राष्ट्रिय क्रिकेटमा विराटको यो ७०औ शतक हो । विराटले एकदिवसीय क्रिकेटमा ४३ शतक प्रहार गरेका छन् ।

त्यस्तै विराटले डे-नाइट क्रिकेटमा शतक बनाउने पहिलो भारतीय खेलाडी समेत बनेका छन् । भारतले पहिलो पटक पिंक बलमा खेलिने डे-नाइट क्रिकेट बंगलादेशविरुद्ध यस खेलमा खेल्दै छ ।

त्यस्तै कप्तानको रुपमा विराटले २० शतक बनाएका छन् भने कप्तानको रुपमा विराटले अन्तर्राष्ट्रिय क्रिकेटमा ४१ शतक बनाएका छन् ।

विराटले १६१ बल खेल्दै आफ्नो शतक पुरा गरेका हुन् जसमा विराटले १२ चौका प्रहार गरेका थिए ।

बंगलादेशविरुद्ध विराटको यो दोस्रो शतक हो ।  

विराटले अहिलेसम्म यो टेस्टसहित ८४ टेस्ट क्रिकेटमा २७ शतक र २२ अर्धशतक बनाएका छन् ।

जारी टेस्टमा बंगलादेशले पहिलो इनिंगमा १०६ रन बनाएर अल आउट भएको थियो भने भारतले यो समाचार तयार गरुन्जेल भारतले ४ विकेट गुमाएर २५७ रन बनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै