• २०८१ बैशाख ६ बिहीबार

मराठा अरेबियन्स टी-१० लिगको फाइनलमा

kharibot

काठमाडौँ । मराठा अरेबियन्स जारी टी-१० लिगको फाइनलमा पुगेको छ ।

शनिबार सम्पन्न पहिलो क्वालिफायर खेलमा मराठाले क्वालन्दर्सलाई ७ रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।

मराठाले दिएको १२० रनको लक्ष्य पछाएको क्वालन्दर्सले १० ओभरमा ४ विकेट गुमाउदै ११२ रन बनाएपछि मराठा ७ रनले विजयी भएको हो ।

क्वालन्दर्सका लागि लाउरी इभान्सले ३५ रन बनाए भने फिल साल्टले २६, लुके रोन्ची र कोहलेर काडमोरले १७-१७ रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै मराठाले १० ओभरमा ६ विकेट गुमाउदै ११९ रन बनाएको थियो ।

मराठाका लागि कप्तान क्रिस लीनले ३० बलमा आक्रामक ६७ रन बनाएका थिए । त्यस्तै एडम लिथले १५ बलमा २८ तथा दासुन सानकाले ७ बलमा १४ रन बनाएका थिए ।

यो जितसँगै मराठा प्रतियोगिताको फाइनलमा पुगेको छ भने क्वालन्दर्स पराजित भएपनि दोस्रो कवालिफायर खेल्न पाउने छ ।

अब इलिमिनेटरमा डेक्कन ग्लाडीयटर्स र बंगला टाइगर्सबीचको विजेताले दोस्रो क्वालिफायरमा क्वालन्दर्सको सामना गर्ने छ ।

प्रतियोगिताको फाइनल खेल आइतबार नै हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै