• २०८१ बैशाख १३ बिहीबार

भिडालको निर्णायक गोलमा बार्सिलोना विजयी

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ ।

शनिबार सम्पन्न खेलमा बार्सिलोनाले लेगनेजमाथि २-१ गोल अन्तरको जित हासिल अग्रेको हो ।

बार्सिलोनाको जितमा लुइस स्वरेज र अर्टूरो भिडालले एक एक गोल गरेका थिए । त्यस्तै लेगानेजका लागि योसेफ एन नेसयरीले एक गोल गरेका थिए ।

लेगानेजले खेलको १२औ मिनेटमा नै गोल गर्दै बार्सिलोनालाई दबाबमा राखेको थियो । पहिलो हाफमा बार्सिलोना १-० ले पछि परे पनि खेलको ५३औ मिनेटमा स्वरेजको गोलमा बार्सिलोनाले खेल बराबरी गरेको थियो ।

त्यसपछि खेलक ७९औ मिनेटमा भिडालले निर्णायक गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाएका थिए ।

यो जितपछि बार्सिलोना १३ खेलमा २८ अंकसहित लिगको शिर्ष स्थानमा कायम रहेको छ । लेगानेज भने १४ खेलमा केवल ६ अंक हासिल गर्दै अंक तालिकामा पुछारमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै