• २०८१ बैशाख ६ बिहीबार

पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु

kharibot

दमक । पौडी खेल्ने क्रममा खोलामा डुबेर झापाको दमकमा आज दुई जना बालकको ज्यान गएको छ । 

दमक–१ स्थित निर्माणाधीन रतुवा खोलाको पुल नजिकको खोलामा डुबेर दमक १ का नौ वर्षीय आयुस पुर्कुटी र पाँचथर जिल्ला फाल्गुनन्द गाँउपालिका–५ घर भई हाल दमक– १ बस्दैआएका १२ वर्षीय निश्चल चेम्जोङको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय कुमार पण्डितले जानकारी दिए । 

उनका अनुसार पुल निर्माणका क्रममा खोलाभित्र इक्साभेटरले खनेको दहमा पौडी खेल्दा दुवै बालकको घटनास्थलमा मृत्युभएको थियो ।

बालक साथीसँग पौडी खेल्न गएका प्रहरीको भनाइ छ । प्रहरीले बालकको शव परीक्षणका लागि परिवारलाई जिम्मा लगाइ घटनाको सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रनाउ पण्डितले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै