• २०८१ बैशाख ८ शनिबार

बिओकेका पुर्व सिइओ अजय श्रेष्ठलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश 

kharibot

काठमाडौं । सर्वोच्च अदालतले बैंक अफ काठमाडौँ (बिओके) का पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र पूर्व कर्मचारी किरणकुमार बोहरालाई एक एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले थुनामा पठाउने आदेश दिएपछि त्यस विरुद्ध उनीहरु सर्वोच्च पुगेका थिए ।

आइतबार भएको सुनुवाइका क्रममा सर्वोच्चका न्यायाधीशहरु सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त इजलासले उनीहरुलाई एक एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनीहरु बिरुद्ध नक्कली धितोमा ऋण भुक्तान गरेको र कीर्ते सही गरेको अभियोग लागेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै