• २०८१ बैशाख ७ शुक्रबार

मराठा अरेबियन्सले जित्यो टी-१० लिगको उपाधि  

kharibot

काठमाडौँ । आबु धाबीमा समपन्न टी-१० लिगको उपाधि मराठा अरेबियन्सले जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा मराठाले डेक्कन ग्लाडियटर्सलाई ८ विकेटले पराजित गरेको हो ।

डेक्कनले दिएको ८८ रनको लक्ष्य पछाएको मराठाले ७.२ ओभरमा २ विकट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

मराठाका लागि चाडविक वाल्टनले ५१ रन बनाए भने क्रिस लीनले १६ तथा नाजिबुल्लाह जर्दानले १२ रन बनाए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको डेक्कनले १० ओभरमा ८ विकेट गुमाउदै ८७ रन मात्र बनाएको थियो । डेक्कनका लागि असिफ खानले २५ रन बनाए भने भानुका राजापाक्षेले २३ तथा मोहमद शाहजादले १४ रन बनाएका थिए ।

प्रतियोगितामा मराठाका क्रिस लीनले ८ खेलमा ३७१ सर्वाधिक रन बनाउदै प्रतियोगिताको बेस्ट ब्याट्सम्यान र प्लेयर अफ द सिरिजको उपाधि जितेका छन् । लीनले ५३ को औसत र २३६ को स्ट्राइक रेटले रन बनाएका थिए जसमा उनको उच्च रन ९१ रहेको थियो ।
     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै