• २०८१ बैशाख १३ बिहीबार

पोखरा महानगरका वडाध्यक्षको गाडीमा बम विष्फोट

kharibot

पोखरा । अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज बम विष्फोट गरेको छ । 

वडाध्यक्ष आचार्य चढ्ने ग२च ४२६ नं को हाइलक्स गाडीमा आज बिहान २:०० बजे बम विष्फोट भएको घटनास्थलमा पुगेका गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिए ।

विष्फोटनबाट नजिकैको घरमा समेत प्वाल परेको छ । सो घरमा ११ जना सुतिरहेको नेपबहादुर परियारले बताए । घटनाबारे अनुसन्धान भइरहेको घिमिरेले बताए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै