• २०८१ बैशाख ६ बिहीबार

सन्दीप लामिछानेको आँखाको लेजर शल्यक्रिया, साग नखेल्ने 

kharibot

काठमाडौँ । नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आँखाको लेजर शल्यक्रिया गरेका छन् ।

सन्दीपले सोमबार काठमाडौँस्थित तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया गरेका हुन् ।

सन्दीपका म्यानेजर रमण शिवाकोटीका अनुसार भिजनमा सामान्य समस्याका कारण चश्माको प्रयोग गर्नुपर्ने भएकाले डाक्टरको सल्लाहअनुसर सामान्य शल्यक्रिया गरेको जानकारी खरीबोटलाई दिए ।

शल्यक्रिया पछि सन्दीप करिब दुई साता मैदान बाहिर हुने भएका छन् । यसै बिचमा हुने दक्षिण एसियाली खेलकुद सागमा सन्दीप खेल्ने छैनन् ।

सन्दीपले सहभागिता जनाउन नसक्ने भएपछि उनको स्थानमा रोहित कुमार पौडेललाई साग टोलीमा समावेश गरिएको छ ।

हालै आबुधाबीमा सम्पन्न टी-१० लिगबाट फर्किए लगत्तै सन्दीपले शल्यक्रिया गरेका हुन् । टी-१० लिगमा सन्दीपले ५ खेल खेल्दै ६ विकेट लिएका थिए भने उनको टिम लिग चरणबाटै बाहिरिएको थियो ।

सन्दीपले नेपाली राष्ट्रिय टिमको हालै बंगलादेशमा सम्पन्न इमर्जिङ कपमा समेत अनुपस्थित रहेका थिए ।

सम्भवत अब सन्दीपले अर्को प्रतियोगिता अस्ट्रेलियाको बिग बास लिग खेल्ने छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै