• २०८१ बैशाख ७ शुक्रबार

दलित पत्रकार सङ्घद्वारा सीमाक्षेत्रमा भएको भारतीय हस्तक्षेपप्रति भत्सर्ना

kharibot

काठमाडौँ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले कालापानी र लिपुलेक लगायतका नेपाली सीमाक्षेत्रमा भएको भारतीय हस्तक्षेपप्रति भत्सर्नागरेको छ।

सङ्घको आइतबार सम्पन्न प्रदेश–३ को भेलाले अविलम्ब नेपाली भूमिबाट भारतीय सेना फिर्ता गर्नुपर्ने माग गरेको छ।

संविधानसभाका सांसद तथा सङ्घका अध्यक्ष विनोद पहाडीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “जनताको लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता राज्यको समावेशी अवधारणामाथि विभिन्न कोणबाट प्रत्यक्ष अप्रत्यक्ष भइरहेको आक्रमणप्रति दलित समुदायका पत्रकारको गम्भीर ध्यानाकर्षण भएको छ, राज्यका सबै संरचना समावेशी बनाउन संवैधानिक भावना र मर्ममाथि कतैबाट पनि नियोजित बन्देज लगाउने काम नहोस् भन्ने माग गर्दछ।”

सङ्घको भेलाले सरकारी तथा निजी सञ्चार माध्यमलाई पूर्ण समावेशी बनाउन माग गर्दै प्रस्तावित मिडिया काउन्सिल लगायत सञ्चारसम्बन्धी नीति नियम दलितमैत्री बनाउनुपर्नेमा जोड दिएको छ।

मिडियामा न्यूनतम पारिश्रमिक लागू गर्दै नीति निर्णय तहमा दलित समुदायका सञ्चारकर्मीको सहभागिता हुनुपर्ने सङ्घको माग छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै