• २०८१ बैशाख १२ बुधबार

जुम्लामा लिफ्ट परियोजनाबाट पानी पुग्दा खुशीयाली

kharibot

खलङ्गा । जुम्लाको तिला गाउँपालिका–१ रारा गाउँमा खानेपानी र सिँचाइको चरम समस्या खेप्दै आएका स्थानीयवासी लिफ्ट परियोजनाबाट पानी आउन थालेपछि हर्षित भएका छन्।

वडाध्यक्ष पुरबहादुर रावत गाउँपालिकाको रु ५० लाखको अनुदानमा करीब एक हजार २०० मिटर टाढाबाट लिफ्टद्वारा पानी गाउँमा लगिएको जानकारी दिए।

परियोजनाबाट सुख्खा खेतमा सिँचाइदेखि गाईगोरुलाई पानी पिलाउन राहत हुने स्थानीयवासी माने रावतले बताए। सो वडामा करीब २५० घरघुरी छ। स्थानीयवासी सरिता रावतले अब पानीका लागि घन्टौँ लाइन बस्न पर्ने समस्या अन्त्य हुने अपेक्षा व्यक्त गरे।

गाउँपालिका अध्यक्ष रतननाथ योगीले गाउँपालिकाका नौ वटै वडामध्ये सबैभन्दा बढी पानीको चरम समस्या भएको सो वडा भएकाले त्यहाँ प्राथमिकता दिइएको जनाए।
परियोजनाबाट सिँचाइ पनि सहज हुने भएकाले खेतमा लगाएका स्याउ र तरकारीखेती गर्न सजिलो हुने स्थानीयवासी शिव रावतले बताए।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै