• २०८१ बैशाख १३ बिहीबार

महाराष्ट्रमा अर्को युटर्न : चार दिनमै मुख्यमन्त्रीले दिए राजीनामा

kharibot

नयाँ दिल्ली । भारतको महाराष्ट्रमा फेरी नयाँ राजनीतिक समीकरण बन्ने भएको छ ।

गत शनिबार बिहान मुख्यमन्त्रीको शपथ लिएका भारतीय जनता पार्टीका नेता देवेन्द्र फण्डनविसले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । 

फण्डनवीसले उच्च अदालतले बुधबार ५ बजेसम्म विधानसभामा बहुमत साबित गर्ने समय दिएपछि राजीनामा दिएको भारतीय मिडियाहरुले बताएका छन् । फण्डनवीसले राजीनामा दिदै अजित पवारले विजेपीसँग सरकारमा बस्न नसक्ने बताउदै राजीनामा दिएकाले

आफुहरुसँग बहुमत नरहेको बताउदै राजीनामा दिएको बताएका छन् । उनले अब बिजेपी महाराष्ट्रमा प्रतिपक्षमा बस्ने स्पष्ट गरेका छन् ।  

बिजेपीको राष्ट्रवादी काँग्रेस पार्टी (एनसीपी) का नेता अजित पवारलाई उपमुख्यमन्त्री बनाएर सरकार बनाउने प्रयास असफल भएको छ । पवारले एनसीपीलाई विजेपीको साथमा लिएर जाने प्रयास समेत विधायकहरुले साथ नदिएपछि असफल भएको हो ।

शिवसेना पार्टी, भारतीय काँग्रेस र राष्ट्रवादी काँग्रेस पार्टी (एनसीपी) बिच सरकार बनाउने तयारी भइरहेका बेला ठुलो उलटफेर हुदै भारतीय जनता पार्टीका देवेन्द्र फण्डनविसले फेरी मुख्यमन्त्रीको शपथ लिएका थिए ।

शुरुमा २२ बिधायकको समर्थन लिएर एनसीपीका नेता अजित पवार सरकारमा गएको बताइएको थियो ।  

अब यस घटनाक्रमपछि शिव सेनाका नेता उद्धव ठाकरे महाराष्ट्रको नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ । अब यो घटनाक्रमपछि शिव सेना, एनसीपी र काँग्रेस मिलेर महाराष्ट्रमा नयाँ सरकार बन्ने भएको छ ।

महाराष्ट्रमा २८८ सदस्यीय विधान सभामा बिजेपीले केवल १०५ सिट जितेको थियो । विधान सभामा शिव सेनाले ५६, एनसीपीले ५४ र काँग्रेसले ४४ सिटमा जित हासिल गरेका छन् ।         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै