• २०८१ बैशाख १३ बिहीबार

'नेइमारलाई म्यानेज गर्न गाह्रो छ'

kharibot

काठमाडौं । पिएसजीका म्यानेजर थोमस टुचालले ब्राजिलियन खेलाडी नेइमारलाई म्यानेज गर्न गाह्रो भएको बताएका छन् ।

नेइमारले यस सिजनको अन्त्यसम्म पिएसजीछोड्ने चर्चा भइरहेका बेला उनका म्यानेजरको यस्तो प्रतिक्रिया आएको हो ।

टुचालले नेइमार बारे बोल्दै उनी विशाल हृदय भएको खेलाडी भएपनि कहिले काँही उनको व्यबहारका कारण उनलाई म्यानेज गर्न गाह्रो हुने बताएका छन् ।

नेइमारले अहिले पनि बार्सिलोना फर्किने प्रयास गरिरहेका छन् । तर उनको पारिश्रमिक र पिएसजीले राखेको मुल्यका कारण दुवै क्लबक बीच डिल हुन सकिरहेको छैन ।

च्याम्पियन्स लिग अन्तर्गतको रियल म्याड्रिडविरुद्धको खेल अघि बोल्दै टुचालले भने, 'नेइमारठुलो हृदय भएका खेलाडी हुन् तर दुर्भाग्यवश कहिलेकाँही उनले आफ्नो त्यो क्षमता देखाउन सक्दैनन् की उनीमाथि भरोसा गर्न सकियोस् ।'

टुचालले आफुले नेइमारलाई यो कुरा भन्ने गरेको र यस विषयमा नेइमार हास्ने गरेको समेत बताए । नेइमारले यो कुरा स्वीकार गरेको समेत टुचालको दाबि रहेको छ ।

पिएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने भने निश्चित भइसकेको छ । पिएसजीले अहिलेसम्मका चार खेल जितेर १२ अंक सहित समुह ए मा शिर्ष स्थानमा रहेको छ । पिएसजीले रियल म्याड्रिडमाथि पहिलो लिगमा ३-० को जित हासिल गरेको थियो ।

साथै टुचालले नेइमार रियल म्याड्रिडविरुद्ध सुरुवाती प्लेइङ ११ मा नहुने समेत संकेत गरेका छन् । टुचालले खेलको अवस्था हेरेर नेइमारलाई सब्सटिच्युटको रुपमा मैदान पठाउने सम्भावना रहेको छ ।
                           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै