• २०८१ बैशाख ७ शुक्रबार

इडेन हजार्ड घाइते

kharibot

काठमाडौँ । रियल म्याड्रिडका बेल्जियम स्टार इडेन हजार्ड घाइते भएका छन् । गएराती सम्पन्न पिएसजीविरुद्धको खेलमा हजार्डको एन्कल इन्जुरीपछि खेलको ६९औ मिनेटमा मैदान छोडेका थिए ।

२-० को अग्रता लिएको रियल म्याड्रिडले हजार्डको इन्जुरीपछि आफ्ना अग्रता जोगाउन सकेन र खेल बराबरीमा चित्त बुझाउनु पर्यो । यद्यपी रियलले च्याम्पियन्स लिगको अन्तिम १६ मा भने आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

अब समुह चरणमा एक खेल खेल्न बाँकि हुन रियल ५ खेलमा ८ अंकसहित दोस्रो स्थानमा रहदै अन्तिम १६ मा छनौट भएको हो । सन् २०१४ देखि २०१८ सम्ममा पाँच च्याम्पियन्स लिगमा चार चय्म्पियाँस लिग जितेको रियल म्याड्रिड क्रिस्टियानो रोनाल्डोले कल्ब छोडेपछि प्रभावकारी प्रदर्शन गर्न संघर्ष गरिरहेको छ ।

रोनाल्डोको बहिर्गमनपछि प्रदर्शनमा सुधार गर्न नसकेको रियल म्याड्रिड जिनेदिन जिदानको दोस्रो कार्यकालमा समेत आशा गरे अनुसार प्रदर्शन गर्न सकिरहेको छैन । यसै बीच हजार्डको इन्जुरीले रियल फेरी दबाबमा आएको छ । यद्यपी हजार्डको रियलमा प्रदर्शन उनको क्षमता अनुसार अझै देखिन सकेको छैन । हजार्डले अहिलेसम्म रियल म्याड्रिडका लागि कुल १३ खेल खेल्दै केवल एक गोल गरेका छन् । 

यस सिजनको सुरुवातमा ११२ मिलियनमा प्रिमियर लिग क्लब चेल्सीबाट आएका हजार्डले म्याड्रिडमा आफ्नो औचित्य पुष्टि गर्न संघर्ष गरिरहेका छन् ।

ला लिगामा बार्सिलोनासँग अंक बराबरी गरेर दोस्रो स्थानमा रहेको रियल हजार्डको यस इन्जुरीपछि दबाबमा आएको छ ।

रियल म्याड्रिडले हजार्डको इन्जुरी कति ठुलो हो भन्ने बारे सबै टेस्ट गरेपछि मात्र थाहा हुने बताएको छ ।   
        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै