• २०८१ बैशाख ८ शनिबार

मुक्तिनाथको संस्थागत र व्यक्तिगत उपलब्धी बचत खाता सञ्चालनमा 

kharibot

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैर सरकारी संघ÷संस्था, विभिन्न व्यापार÷व्यवसायका छाता संगठनहरु, प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संघ-संस्था तथा विषयगत सहकारी संघ-संस्था लगायत अन्य संघ÷संस्थालाई लक्षित गरी “मुक्तिनाथ संस्थागत उपलब्धी खाता’’ नामक चल्ती खाता र “मुक्तिनाथ व्यक्तिगत उपलब्धी’’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । 

मुक्तिनाथ संस्थागत उपलब्धी खाता अन्तर्गत न्युनतम मौन्दात रु १,०००÷– मा कुनै पनि माथि उल्लेखित संघ-संस्थाले यो खाता खोल्न सक्नेछन् । यस खाता खोलेका संघ-संस्थाका सञ्चालक समितिका सदस्यहरु, साझेदार, प्रोइपाइटरहरुका लागि ७ लाखको दुर्घटना मृत्यू बीमा को सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको छ । मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खातामा बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा आकर्षक ब्याजदर (मासिक ब्याज भुक्तानी) तथा निः शुल्क इन्टरनेट बैकिङ्ग सुविधा लिन सकिनेछ । 

साथै, मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत न्युनतम मौन्दात रु १००/-  मा संस्थाका सम्पुर्ण कर्मचारी तथा व्यक्तिगत सदस्यहरुका लागि रु ७ लाखको दुर्घटना मृत्यू बीमा को सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको छ । यसका साथै, कुनै पनि संघ-संस्थामा कार्यरत कर्मचारीहरुलाई व्यक्तिगत कर्मचारी कर्जा (वार्षिक औसत तलबको ५० प्रतिशत वा १५ लाख मध्ये जुन कम हुन्छ, सो बराबर हुने गरी विना धितो कर्जा सुविधा प्रदान गरिनेछ ।

यस व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी ), निः शुल्क अन्तर शाखा कारोबार, निः शुल्क मोबाइल बैकिंङ्ग सुविधा तथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निः शुल्क ख्क्ष्क्ब् म्भदष्त ऋबचम प्रदान गरिनेछ ।

यस योजना अन्तर्गत मुक्तिनाथ संस्थागत उपलब्धी खाता भएका संघ÷संस्थाका कर्मचारी तथा आवद्ध व्यक्तिगत सदस्यहरुले मात्र व्यक्तिगत उपलब्धी बचत खाता खोल्न सक्नेछन् । बैंकको यो सेवा १३३ वटै शाखाहरुबाट लिन सकिने छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै