• २०८१ बैशाख ८ शनिबार

प्रभु बैंक डिबेञ्चर–२०८४ को विक्री प्रबन्धकमा नविल ईन्भेष्टमेन्ट 

kharibot

प्रभु बैंक लि. ले रु. १,०००।– अंकित दरको ८ वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको “प्रभु बैंक डिबेञ्चर–२०८४” निष्काशन गर्नको लागि नविल ईन्भेष्टमेन्ट बैंकिङ्ग लि. लाई निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल ईन्भेष्टेमेण्ट बैंकिङ्गका तर्पबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

प्रभु बैंकले वार्षिक १० प्रतिशतका दरले प्रत्येक तीन÷तीन महिनामा ब्याज भुक्तानी हुने गरी रु. २ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८४” नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको छ । १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । 

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लि. निष्काशन तथा विक्री प्रबन्धकत्वमा निकट भविष्यमा निष्काशन हुन लागेको रु. २ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८४” को ट्रष्टीको रुपमा पनि नबिल ईन्भेष्टमेण्ट बैंकिङ्ग लि. लाई नै नियुक्त गर्ने सम्बन्धी सम्झौता पनि आजै हस्ताक्षर भएको छ । नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात् “प्रभु बैंक डिबेञ्चर–२०८४” सार्वजनिक निष्काशन गरिनेछ । 

यस अघि प्रभु बैंकले प्रभु बैंक लि. निष्काशन गरेको रु. १,०००।– अंकित दरको १० वर्षको भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने गरी निष्काशन गरेको रु. १ अर्ब बराबरको “१०.२५५ प्रभु बैंक डिबेञ्चर–२०८६” ऋणपत्रले इक्रा नेपाल लिमिटेडबाट न्युन कर्जा जोखिम “इक्रा एल बिबि” रेटिङ्ग प्राप्त गरेको थियो ।

उक्त ऋणपत्र माग गरेको भन्दा बढि मात्रमा खरिदका लागि आवेदन परे पछि विक्री अवधि समाप्त हुनु अगावै बन्द भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै