• २०८१ बैशाख ७ शुक्रबार

मेसीको कीर्तिमानी गोलसँगै च्याम्पियन्स लिगमा बार्सिलोना विजयी

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले जर्मनी क्लब बोरुसिया डोर्टमण्डलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले डोर्टमण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लुइस स्वरेज, लियोनेल मेसी र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरेका गरेका थिए । त्यस्तै डोर्टमण्डका लागि एक गोल जाडोन सान्चोले एक गोल गरेका थिए ।

मेसीले बार्सिलोनाका लागि सात सयौं खेल खेल्दै एक गोल र दुई गोल असिस्ट गरेका थिए । साथै मेसीले यस खेलमा गोल गरेसँगै च्याम्पियन्स लिगको इतिहासमा नयाँ किर्तिमान समेत बनाएका छन् ।

मेसीले च्याम्पियन्स लिगको इतिहासमा फरक ३४ टिमविरुद्ध गोल गर्दै नयाँ किर्तिमान बनाएका छन् । यस अघि मेसीले क्रिस्टियानो रोनाल्डो र राउलसँग बराबरी गर्दै ३३ टिमविरुद्ध गोल गरेका थिए ।

यस खेलमा बार्सिलोनाका ओसमान डेम्बेले घाइते भएका छन् । बार्सिलोनाक लागि डेम्बेलेको इन्जुरीले फेरी चिन्ता बढाएको छ ।

यो जितपछि बार्सिलोना ५ खेलमा ११ अंकसहित शिर्ष स्थानमा रहदै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।

समुह एफबाट अन्तिम १६ मा छनौट हुने टिमको टुंगो भने अन्तिम खेलपछि हुने भएको छ । यस समुहमा इन्टरमिलान र डोर्टमण्ड ५-५ खेलमा ७-७ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

अब समुह चरणको अन्तिम खेलमा इन्टरमिलानले बार्सिलोनासँग खेल्ने छ भने डोर्टमण्ड स्लाभिया प्राहसँग डिसेम्बर ११ मा खेल्ने छ ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै