• २०८१ बैशाख ७ शुक्रबार

फिफा वरियतामा नेपाल फेरी तल झर्यो 

kharibot

काठमाडौँ । फिफाको नोभेम्बर महिनाको वरीयतामा नेपाल ३ स्थान तल झर्दै १७०औ स्थानमा पुगेको छ । यस अघि नेपाल १६७औ स्थानमा थियो ।

नेपालले हालै खेलिरहेको विश्वकप छनौट अन्तर्गतका खेलमा राम्रो नतिजा निकाल्न नसक्दा फिफा वरियतामा तल झरेको देखिएको छ ।

सार्क क्षेत्रमा नेपालभन्दा पछि भुटान १८९औँ स्थानमा रहेको छ । त्यस्तै दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारतले पनि दुई स्थान गुमाउदै १०८औ स्थानमा पुगेको छ ।

त्यस्तै माल्दिभ्स एक स्थान तल झर्दै १५५औँ स्थानमा रहेको छ भने बंगलादेश तीन स्थान तल झर्दै १८४औँ स्थानमा पुगेको छ । पाकिस्तान २०१औँ स्थानमा छ भने श्रीलंका दुई स्थान तल झर्दै २०५औँ स्थानमा रहेको छ ।

वरीयतामा बेल्जियम १७६५ अंकका साथ शीर्ष स्थानमा कायम छ । वरीयताको शीर्ष स्थानमा यसपटक कुनै परिवर्तन भएको छैन ।

विश्व च्याम्पियन फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा यथावत् छन् । त्यस्तै उरुग्वे पाँचौ स्थानमा छ भने क्रोसियाले एक स्थान सुधार गर्दै छैठौ स्थानमा उक्लिएको छ । त्यस्तै पोर्चुगल एक स्थान तल झर्दै सातौ स्थानमा पुगेको छ ।

त्यस्तै स्पेन आठौ स्थानमा कायम छ भने अर्जेन्टिना नवौ र कोलम्बिया दशौ स्थानमा रहेको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै