• २०८१ बैशाख १२ बुधबार

बारामा यात्रु बस दुर्घटना, सेनाका जवानसहिँत ३० जना घाईते

kharibot

बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तरर्गत बाराको निजगढ—पथलैया सडक खण्डको निजगढमा यात्रु बहाक बस शुक्रवार बिहान दुर्घटना हुँदा ३० जना घाईते भएका छन् ।

घाइते मध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ । 

जनकपुरबाट बुटवल भैरहवा जाँदै गरेको ना.४.ख.७९९० नम्बरको यात्रु बस निजगढको उनासी पुलबाट खोलामा खसेको हो ।

सोही बसका सवार धनुषा रणभिम गणका नेपाली सेनाका जमदार कृष्ण श्रेष्ठ, लेसनायक प्रकाश कार्की, लेसनायक सानुबावु कार्की, महादेव चौधरी, सिपाही अंजना राई, ९ नम्बर बाहिनी अड्डाका सिपाही भरत विकलगायत अन्य यात्रु दुर्घटनामा परि गम्भीर घाईते भएको बारा प्रहरीले जनाएको छ ।

घाईतेहरुको सघन उपचार निजगढ अस्पतालमा गरि थप उपचारका लागि बिरगंज पठाईएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै