• २०८१ बैशाख ६ बिहीबार

''स्थानीय तहका न्यायिक समितिले निस्वार्थ भएर काम गर्नुपर्ने'' : प्रदेश ३ कृषिमन्त्री लामा 

kharibot

हेटौँडा । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले स्थानीय तहका न्यायिक समितिले निस्वार्थ भएर काम गर्नुपर्ने बताएका छन्।

उनले पहिलो चरणको न्याय प्रदान गर्ने ठाउँमा समिति रहेको भन्दै जनताको न्यायप्रतिको आस्था र विश्वासलाई मर्न दिन नहुने बताए।

प्रदेश नं ३ को मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आज आयोजित ‘स्थानीय तहमा न्याय सम्पादन सम्बन्धी एक दिवसीय अभिमुखीकरण’ कार्यक्रमको उदघाटन गर्दै मन्त्री लामाले समितिले जनताको न्याय मर्न नदिने गरी काम गर्नुपर्ने बताए। न्यायिक समितिका पदाधिकारीले सामाजिक उत्तरदायित्व पूरा गर्दै न्याय दिनुपर्ने उनको भनाइ थियो।

प्रदेश नं ३ का मुख्यन्यायाधिवक्ता ओमप्रकाश थपलियाले आमनागरिकलाई समेट्नेगरी तल्लो भन्दा तल्लो तहमा पुगेर न्याय दिन समितिलाई आग्रह गरे।

कार्यक्रममा मकवानपुर र चितवन जिल्लाका न्यायिक समितिका पदाधिकारी तथा कानूनी सहजकर्ताको सहभागिता छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै