• २०८१ बैशाख ८ शनिबार

इराकी प्रधानमन्त्री मेहदीद्वारा राजीनामाको घोषणा

kharibot

बग्दाद । इराकका प्रधानमनत्री अदेल अब्देल मेहदीले राजिनामा दिने घोषणा गरेका छन् । 

उनले राजिनामा पत्र संसदमा पेश गर्ने तयारी गरेको अधिकारीहरुले शुक्रबार जनाएका छन् । 

इराकी सिया धर्मगुरूले भ्रष्टाचारविरोधी आन्दोलनले हिंसात्मक रूप लिएपछि मन्त्रीमण्डलमा फेरबदलका लागि सुझाब दिएका थिए ।

सरकार परिवर्तनको माग गर्दै दैनिक विरोध प्रदर्शन भइरहेपछि उहाँले शुक्रबार राजिनामा दिने घोषणा गरेका हुन् । 

“मैले प्रधानमन्त्री पदबाट दिएको राजिनामा संसदमा पेस गर्नेछु,” उनले जारी गरेको वक्तव्यमा भनेका छन् । 

इराकमा झण्डै दुई महिनादेखि भइरहेको रक्तपातपूर्ण आन्दोलनका क्रममा ४०० भन्दा बढीको मृत्यु भएको छ भने अरु १५ हजार भन्दा बढी घाइते भएका छन् ।

पछिल्लो विवरण अनुसार दक्षिणी धिकार राज्यको राजधानी नासिरियालगायत देशभरका विभिन्न ठाउँमा भएका झडपमा परी ४५ प्रदर्शनकारी मारिएका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै